Listen Live

जब इडेन गार्डेन्समा आइतबारको रात रसेलको रात बन्यो
Posted On: Apr 29, 2019

जब इडेन गार्डेन्समा आइतबारको रात रसेलको रात बन्यो

कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा भएको खेलमा मुम्बईले टस जितर पलिले फिल्डिङ रोजेको थियो । सुरुमा ब्याटिमा आएका कोलकाताका ओपनरले मुम्बईमाथि निरन्तर आक्रमण गरे ९.३ ओभरमा ९६ रन बनाउँदा ओपनर क्रिस लिन २९ बलमा ५४ रन बनाएर आउट भएपछि आन्द्रे रसेल क्रिजमा छिरे । अरुबेला पाचौं, छैटौं नम्बरतिर ब्याटिङ आउने रसेल सुरुमै आक्रमणमा उत्रिएनन् । केही समय समालिएर खेलेपछि आक्रमणमा उत्रिएका रसेल अन्मि बलसम्म पनि रोकिएनन ।

उनको साथमा रहेका अर्का ओपनर सुभमान गिलले अर्काे साइडबाट निरन्तर आक्रमण गरी टोलीलाई उच्च स्कोरतर्फ तर्फ लम्काए । १५.२ ओभरमा गिल आउट भएपनि रसेल भने उत्तिकै आक्रामकरुपमा प्रस्तुत भइरहे । गिलले ४५ बलमा ७६ रन बनाए । रसेलले ४० बलमा ८ छक्का र ६ चौकासहित ८० रन बनाई अविजित रहे । ८० रनमा उनले ७२  रन बाउन्ड्रीबाट मात्रै जोडे ।

विशाल स्कोर पछ्याएको मुम्बईका लागि सुरुवात गतिलो बल्न सकेन मुम्बईविरुद्धको बलिङमा पनि रसेल नै हाबी भए । ४ ओभरमा रसेलले जम्मा २५ रन दिएर २ विकेट लिई कोलकाताका लागि सबैभन्दा किफायती बलर बने । मुम्बईले सुरुवातका चार महत्वपूर्ण ब्याट्सम्यानलाई सस्तैमा गुमायो । क्वीन्ट डिकोड शून्य रनमा आउछ भए । रोहति शर्मा १२, इभिन लुवीस १५, सूर्यकुमार यादव २६ रनमा आउट हुँदा ८.२ ओभरमा मुम्बई ५८ रन बनाउँदा ४ विकेट गुमाएको अवस्थामा पुग्यो ।

पाचौं विकेटका लागि किरन पोलार्ड र हार्दिक पाण्डेयले उत्कृष्ट साझेदारी गरे। पोलार्ड १३.२ ओभरमा २० रन बनाएर आउट हुँदा मुम्बईको स्कोर १२१ रन थियो । छैटौं नम्बरमा ब्याटिङमा आएका हार्दिक पाण्डेयले अविश्वासनीय प्रदर्शन गरे । उनले जम्मा ३४ बलमा ९ छक्का र ९ छक्काको मद्दतमा ९१ रनको विस्फोटक पारी खेले । उनको आइपीएलमा यो सर्वाधिक स्कोर हो ।   छैटौं विकेटका लागि उनलाई क्रुनल पाण्डेयले पनि राम्रो साथ दिएका थिए ।

१८ औं ओभरमा अन्तिम बलमा हार्दिक इङ्ल्याण्डका बलर हेरी गुर्नीको बलमा रसेलबाट क्याच आउट भएपछि मुम्बईको झिनो आशा पनि समाप्त भयो । हार्दिक बाहिरिँदा स्कोर १८५ रन बनेको थियो । यो बल बान्ड्री पार गरेको भए र हार्दिक पाण्डेय क्रिजमा टिकेको भए । उनले टोलीलाई जितसम्म पुर्‍याउन सक्ने सम्भावना थियो ।   

इडेन गार्डेनमा आइतबारको राति वेस्टइन्डिजका अलराउण्डर आन्द्रे रसेलको रात बन्यो । ४० बलमा ८० रन, किफायती बलर बन्दै महत्वपूर्ण ब्याट्सम्यान इभिन लुवीस र सूर्यकुमार यादवको विकेट लिए । यस सिजनको आईपीएल रसेल चम्किरहेका छन् । पछिल्ला ३ खेलमा सुस्ताएका उनले पुनः आइतबार आफ्नो रूप देखाए । रसेलले ११ खेलमा ब्याटिङ गर्दा ४८६ रन बनाएका छन् । यस सिजन आईपीएलमा सर्वाधिक रन बनाउनेको सूचीमा उनी दोस्रो स्थानमा छन् । ६११ रन बनाएका हैदराबादका डेभिड वार्नर पहिलो नम्बरमा छन् ।

पहिलो विकेटका लागि डिकोकको क्याच लिए भने आक्रमक रुपमा  प्रस्तुत भएको हार्दिक पाण्डेयको बाउन्ड्रीतर्फ बढेको बल पनि रसेलले क्याच गरी टोलीको जि सुनिश्चित गरे ।  
यस जितबाट कोलकाताले प्लेअफको सम्भावना जीवीतै राखेको छ । जित हात पार्दै प्लेअफमा स्थान बनाउने मुम्बईको चहाना पूरा भएन । मुम्बई १४ अंकका साथ तेस्रो सथनमा रहँदा, कोलकाता १० अंकसहित पाचौं स्थानमा ५ दुवैले १२ खेल खेलेका छन् । दिल्ली र चेन्नईले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् ।

Comments
On Air
Good Morning Bhojpuriya
Time: 09:00
Up Next
Hello Bhojpuriya
Time: 17:00