Listen Live

एजेन्डामै प्रवेश नगरी सकियो नेकपाको बैठक
Posted On: Apr 29, 2019

एजेन्डामै प्रवेश नगरी सकियो नेकपाको बैठक

पार्टीको र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको एजेण्डामाथि छलफल गर्न बैठक बसेको र मुख्य एजेन्डामै प्रवेश नगरी बैठक सकिएको एक नेताले बताए। उनका अनुसार सरकारले आगामी २० गते सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सबै नेताहरुसँग सुझाब मागेका थिए।

४४१ सदस्यीय केन्द्रीय समितिको एक तिहाई अर्थात १४७ जनाको पोलिटब्यूरो बनाउने नेकपाको तयारी थियाे। जसमा पूर्व एमालेलाई ८१ र पूर्व माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति भइसकेको छ।

एमालेका विगत पार्टीमै रहेका ६१ जना नेता स्वत पर्छन् । थप २० जना नयाँ लगिने भएको छ। त्यसका लागि दुई कार्यकाल केन्द्रीय सदस्य भएका र वरिष्ठबाट छान्ने मापदण्ड बनाइएको छ।माओवादीबाट भने अहिले नेकपामा रहेका १९ स्थायी समिति सदस्य स्वत पर्छन्। बाँकी ४७ मा नयाँ अनुहार लगिने छ ।

माओवादीतर्फबाट विगत पार्टीको सचिवालयमा रहेका र एकताका क्रममा आएका नेताहरुलाई मिलाएर पठाउने तयारी गरिएको छ । दुवै समूहले आ–आफनो भागमा परेको संख्यामा नाम छनौट गरेर अहिले सचिवालयमा छलफल गरिरहेका छन् । जनवर्गीय संगठनको एकता, उपत्यका विशेष प्रदेशको गठनलगायतका काम नेकपाले टुंग्याउन सकेको छैन् । 

Comments
On Air
Good Morning Bhojpuriya
Time: 09:00
Up Next
Hello Bhojpuriya
Time: 17:00