Listen Live

बलिउड स्टारका ताल-तालका उपनाम
Posted On: Dec 12, 2018

बलिउड स्टारका ताल-तालका उपनाम

 अभिषेक बच्चनले प्रियंकालाई पिगी चप्स नाम दिएका छन्। उनलाई पिसी पनि भनिन्छ। विपाशा बसु बोनी उपनामले चिनिन्छिन्। यसबाहेक पनि उनका धेरै उपनाम छन् बी, बिप्स आदि। तर उनको उपनाम बोनी हो जुन नजिकका मित्रलाई मात्र थाहा छ। अभिनेता अजय देवगनको उपनाम राजु हो। राजु सबैभन्दा प्रचलित उपनाम हो। उनका नजिकका साथीभाइ अजयलाई राजु भनेर बोलाउँछन्। काजोल भने आफ्ना पतिलाई ‘जे’ भन्न मन पराउँछिन्।

रणवीर कपुर रेमन्ड उपनामले चिनिन्छन्। रणवीरलाई उनकी आमा नीतु सिंह रेमन्ड भनेर बोलाउँछिन्। यस्तै अभिनेत्री सुस्मिता सेन टिटु उपनामले चिनिन्छिन्।आलिया भट्टलाई आलु कचालुर बटाटा वडा भनेर बोलाइन्छ। उनकी आमा नै उनलाई आलु कचालु भन्छिन्। कोही बटाटा वडा भनेर पनि बोलाउँछन्।

 श्रद्धा कपुर चिरकुट उपनामले परिचित छिन्। श्रद्धालाई यो नाम वरुण धवनले दिएका हुन्। दुवैका बाबुले कही फिल्ममा एकसाथ काम गरेका छन् त्यसैले बाल्यकालदेखि श्रद्धा र वरुणले पनि एकसाथ लामो समय बिताए। त्यही बेलादेखि वरुण श्रद्धालाई चिरकुट भनेर बोलाउँछन्।

ऋतिक रोशनलाई डुग्गु भनेर बोलाइन्छ। राकेश रोशनको उपनाम गुड्डु हो। जब ऋतिक जन्मिए बाबुकै उपनाम उल्ट्याएर उनलाई डुग्गु भन्न थालियो। यस्तै गोविन्दालाई चिची उपनामले चिनिन्छ। एजेन्सी

Comments
On Air
Good Morning Bhojpuriya
Time: 09:00
Up Next
Hello Bhojpuriya
Time: 14:00