Listen Live

पाइपलाइनको ईआईए स्वीकृत
Posted On: Dec 03, 2018

पाइपलाइनको ईआईए स्वीकृत

पाइपलाइन आयोजना सिमराका मेकानिकल इन्जिनियर शरद पौडेलका अनुसार वन तथा वातावरण मन्त्रालयले केही दिनअघि मात्रै वन क्षेत्रका रूख कटानी गर्न दिने विषयमा ईआईए स्वीकृत गरेको छ। उनका अनुसार वन क्षेत्रमा पाइप ओछ्याउन उक्त निकुञ्जको पाँच हजार आठ सय रूख काट्नुपर्ने यसअघि निक्र्यौल गरिएको थियो।

ईआईए स्वीकृत गरे पनि वन तथा वातावरण मन्त्रालयले रूखको पुनः ग्रेडिङ गरी मूल्यांकन गर्ने जानकारी नेपाल आयल निगमलाई दिएको छ। ग्रेडिङका आधारमा रूख कटानी गर्न दिने विषयमा उक्त मन्त्रालयले अन्तिम निर्णय दिनेछ। मन्त्रालयले ३० सेन्टीमिटरमाथिको एक श्रेणी, आठ सेन्टिमिटर माथिको दोस्रो श्रेणी र झाडी बुट्यानलगायतलाई तेस्रो श्रेणीमा वर्गीकरण गरेको छ।

‘यसरी पाइपलाइनको रुटमा पर्ने रूखको तीन श्रेणीको तथ्यांक संकलन पश्चात रूखको निक्र्यौल गरी काट्ने अनुमति आउनेछ’, इन्जिनियर पौडेलले भने,‘ईआईए स्वीकृत भए पनि अझ निकै झण्झटिलो प्रक्रिया पार गर्न बाँकी छ।’ पाइपलाइन आयोजनाका अनुसार आगामी सन् २०१९ को मार्चसम्म ओछ्याइसक्नुपर्ने पाइपलाइनमध्ये हालसम्म २१ किलोमिटर खण्डमा खाल्डो खनेर पाइप विस्तार भइसकेको छ। अब १५ किलोमिटर खण्डमा ओछ्याउन बाँकी छ।

Comments
Up Next
Satshangh Prabhat
Time: 06:00