Listen Live

प्रदेश ३ को बजेट : भौतिक पूर्वाधारमा जोड
Posted On: Jun 13, 2019

प्रदेश ३ को बजेट : भौतिक पूर्वाधारमा जोड

चालु आर्थिक वर्षमा समेट्न नसकिएका योजनाले पनि नयाँ बजेटमा प्राथमिकता पाउने उनको भनाइ छ। प्रदेशका गौरवका आयोजनाहरुलाई विशेष प्राथमिकता दिएको बताउँदै ढुङ्गेलले रकम फ्रिज नहुनेगरी बजेट कार्यान्वयन गर्न सोही अनुसारको रणनीति पनि बनाइरहेको बताए।

आउँदो असार १ गते प्रदेश सरकारले ल्याउने तयारी गरेको बजेटका लागि सातवटै मन्त्रालयमा पठाइएको बजेट सिलीङ अनुसार वर्षभरी गरिने कामका योजना छनोट गरि आइसकेको मन्त्री ढुङ्गेलले बताए। चालु आवको भन्दा बढी अंकको बजेट ल्याउने सरकारले तयारी गरेको छ। बजेट निर्माणमा संलग्न कर्मचारीका अनुसार करिब ५० अर्बको बजेट ल्याउने तयारी भइरहेको बताएका छन्।

नयाँ आर्थिक वर्षको बजेटमा चालुसँगै पूँजिगत खर्च पनि बढ्ने मन्त्रालयको अनुमान छ। कर्मचारी अभावका कारण चालुतर्फको बजेटसमेत खर्च न्यून भएकोमा आगामी वर्ष खर्च बढेर जाने मन्त्रालयले अनुमान गरेको छ।

Comments
Up Next
Good Morning Bhojpuriya
Time: 09:00